जावलाखेलमा पुष्प मेला (तस्वीरहरू)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

 कात्तिक ८,काठमाण्डौ – ललितपुरको जावलाखेलमा आजदेखि १७ औं गोदावरी फूलको प्रदर्शनी शुरू भएको छ । पुष्प व्यवसायको व्यावसायिक विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले तिहार लक्षित प्रदर्शनी आयोजना गरेको फ्लोरिकल्चर एसोसिएशनले जनाएकाे छ ।

कार्यक्रममा गोदावरी फूलका नयाँ प्रजातिका फूल र बिरुवाको प्रदर्शनी तथा बिक्री हुन्छ । सयपत्री, मखमली तथा अन्य सिजनल फूलका बिरुवा पनि प्रदर्शनीमा राखिएको एसोसिएशनले जनाएको छ ।

प्रदर्शनीमा ७५ वटा स्टल रहेका छन् । चार दिनसम्म चल्ने प्रदर्शनीमा ४० हजार जनाभन्दा बढीले अवलोकन गर्ने आयोजकको अनुमान छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।