काठमाण्डौ – सहकारी पीडितले आज काठमाण्डौको माइतीघरमा विरोध प्रदर्शन गरेका छन् । सहकारीमा फसेको आफ्नो बचत रकम फिर्ताको माग गर्दै उनीहरुले फेरि सडक आन्दोलन शुरू गरेका हुन् ।
सहकारी पीडितले सरकारसँग पटक–पटक सम्झौता भए पनि अहिलेसम्म न्याय नपाएको गुनासो गरेका छन् । सरकारले विगतमा गरेका सम्झौता कागजमै सिमित भएको र आफूहरूको बिचल्ली भएको उनीहरुको गुनासो छ ।
अन्तरिम सरकारको ध्यानाकर्षण गराउन तथा नयाँ बन्ने सरकारलाई खबरदारी गर्न सडक आन्दोलन गर्नुपरेको सहकारी पीडितले बताएका छन् ।