स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक काफ्लेद्वारा मन्त्रालयमा राजीनामा पेश

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाै – स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले स्वास्थ्य मन्त्रालयमा राजीनामा बुझाउनुभएको छ । उहाँले स्वास्थ्य मन्त्रालयमा राजीनामा बुझाउनुभएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले पुष्टि गर्नुभएको छ ।

काफ्ले अघिल्लो वर्ष फागुन २६ गते मन्त्रिपरिषद्काे निर्णयबाट बोर्डको कार्यकारी निर्देशकका रूपमा नियुक्त हुनुभएको थियो । उहाँको राजीनामा स्वीकृत गर्ने विषयमा मन्त्रिपरिषद्ले छलफल गर्ने प्रवक्ता बुढाथोकीले जानकारी दिनुभयो ।

स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत सेवा प्रदायक संस्थालाई ११ अर्ब रुपैयाँभन्दा धेरै भुक्तानी गर्न बाँकी छ । सरकारले आवश्यक बजेट उपलब्ध गराउन नसक्दा बोर्ड आर्थिक सङ्कटमा परेको छ । समयमै भुक्तानी नहुँदा ठूला सरकारी अस्पतालहरूले बीमा सेवा बन्द गर्न थालेका छन् ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।