शुद्धोधनमा बृहत स्वास्थ्य शिबिर सम्पन्न, ५५० जनाले लिए स्वास्थ्य सेवा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

जेठ ५, रुपन्देही ।
रुपन्देहीको सैनामैनामा रहेको सुन्दर बिकास अभियान नेपालको आयोजना र पुनम पोलिक्लिनिकको प्राबिधिक सहयोगमा शुद्दोधन गाउँपालिका वडा नं १ मा रहेको शिसै मा बिमा एक दिने बृहत स्वास्थ्य शिबिर संचालन भएको छ । स्वास्थ्य शिबिरमा शुद्धोधनका करिब ५५० जनाले स्वास्थ्य शिबिरमा चेकजाच गरेको आयोजकले जानकारी गराएको छ । 
निशुल्क स्वास्थ्य शिबिर संचालन गरेर शुद्दोधन गापाका जनतालाई स्वास्थ्य चेकचाज गरी मानवीय सेवा गरेकोमा खुशी लागेको शुद्दोधन गाउपालिकाका अध्यक्ष बिष्णु प्रसाद बस्यालले बताउनु भयो । यस प्रकारको स्वास्थ्य शिबिरले बिपन्न परिवारलाई स्वास्थ सेवामा धेरै फाइदा पुग्ने समेत अध्यक्ष बस्यालको भनाई थियो । 
सुन्दर बिकास अभियान नेपाल सामाजिक संस्था भएको र यसले समय समयमा विभिन्न सामाजिक कार्य गर्दै आएको सुन्दर बिकास अभियान नेपालका अध्यक्ष दुर्गा गौतमले बताउनु भयो । यो संस्थाले विशेष गरी बिपन्न र पिछडिएका समुदायलाई सहयोग पुग्ने गरी विभिन्न कार्यक्रमहरु गर्दै आएको समेत अध्यक्ष गौतमको भनाई थियो ।
सैनामैनाको मुर्गियामा रहेको पुनम पोलिक्लिनिकले समय समयमा गाउँ गाउमा निशुल्क स्वास्थ शिबिर आयोजना गरी आम जनसमुदायलाई स्वास्थ्य क्षेत्रमा सेवा दिदै आएको पुनम पोलिक्लिनिकका प्रवन्ध निर्देशक राज उपाध्यायले बताउनु भयो । 
स्वास्थ्य शिबिरमा हाडजोर्नी रोग बिशेषज्ञ,महिला रोग बिशेषज्ञ ,दात रोग बिशेषज्ञ, मेडिकल अफिसर लगायतको चिकित्सकको टोली स्वास्थ्य शिबिरमा सहभागी रहेका थिए भने निशुल्क अ‍ौषधि समेत बितरण गरिएको थियो । 
शिबिरमा पुनम ग्रुप प्रा लि का अध्यक्ष प्रदिप गौतम, सुन्दर बिकास अभियान नेपालका कोषाध्यक्ष जुना ज्ञवाली लगायतले स्वास्थ्य शिबिरको बिषयमा बोल्नु भएको थियो ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।