रामेछापको पेकरनासमा फैलिएको डढेलोले बस्ती जोखिममा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाै – रामेछापको उमाकुण्ड गाउँपालिका वडा नम्बर १ पेकरनासको भीरमा गएराति १० बजेदेखि लागेको डढेलो अझै निभ्न सकेको छैन ।

स्थानीय पत्रकार विष्णु खड्काकाअनुसार पेकरनासको केदारे भन्ने ठाउँबाट शुरू भएको आगो तीव्र रूपमा फैलिँदै गएको छ । भीरमा सुकेको खर धेरै रहेकाले आगो तीव्र रूपमा फैलिरहेको हो ।

डढेलोका कारण माथिल्लो क्षेत्रका केही घरहरू जोखिममा परेका छन् । आगो कसले र किन लगायो भन्नेबारे कुनै स्पष्ट जानकारी प्राप्त नभएको पनि खड्काले बताउनुभयो ।

डढेलोका कारण घाँससहित जडीबुटी, वनस्पति तथा जङ्गली जनावरमा क्षति पुगेको प्रारम्भिक अनुमान छ । स्थानीयवासी, सुरक्षाकर्मीलगायतले आगो निभाउने प्रयास गरिरहेका छन् ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।