पहिरो खस्दा नागढुङ्गा–नौबिसे सडक खण्ड अवरुद्ध

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाै भित्रिने प्रमुख राजमार्ग नागढुङ्गा नजिक पहिरो जाँदा नागढुङ्गा–नाैबिसे सडक खण्ड दुईतर्फी आवतजावत बन्द भएको छ । नागढुङ्गाबाट झन्डै दुई सय मिटर धादिङतर्फ पहिरो जाँदा सडक अवरुद्ध भएको हो ।

अहिले पनि पहिरोमा ढुङ्गा खस्ने क्रम चलिरहेकोले सडक खुलाउन समस्या भएको प्रहरी प्रभाग नागढुङ्गाका प्रहरी निरीक्षक हेमराज थपलियाले बताउनुभयो । पानी रोकिएपछि सडक अवरुद्ध खुलाइने उहाँले बताउनुभयो ।

सडक अवरुद्ध भएपछि दुवैतर्फ अहिले गाडीको लामो लाइन लागे

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।