दाङको एकली खोलामा इन्द्रबहादुरको शव भेटियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

भदौ ४, दाङ – दाङको एकली खोलामा एक पुरुषको शव भेटिएको छ । बबई गाउपालिका–३ का इन्द्रबहादुर भण्डारीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक रामप्रसाद तिमल्सिनाले जानकारी दिनुभयो ।

हिजो घरबाट हापुरे बजार जान्छु भन्दै हिँडेका भण्डारी शान्तिनगर गाउँपालिका–४ पातेटाकुराको एकली खोलामा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । हापुरे हिँडेका भण्डारी शान्तिनगरको एकली खोलामा मृत भेटिएपछि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।