सैनामैनामा नगरपालिकाले लिएको आधारभुत तह कक्षा ८ को परिक्षामा सुनगाभाका बिधार्थी कृष्टी ज्ञवाली र सचिना पौडेल ३.९७ जिपिए ल्याएर नगरमै उत्कृष्ट भएको सुनगाभाले जनाएको छ । सबै भन्दा धेरै ३.९७ जि.पि.ए ल्याएर सैनामैनामा नै उत्कृष्ट भएको सुनगाभाले दाबी गरेको हाे ।
सैनामैनामा अन्य बिधालयबाट कसैको पनि ३.९७ जि.पि.ए नभएको र सुनगाभामा अध्ययनरत छात्राद्वय कृष्टी ज्ञवाली र सचिना पौडेल ३.९७ जिपिए ल्याएर नगरमै उत्कृष्ट भएको सुनगाभाले जनाएको छ । आज बिधालयले एक कार्यक्रम गरी उत्कृष्ट हुने विद्यार्थी सहित आधारभुत तह कक्षा ८ मा उर्तिण हुने सबै बिधार्थीहरु, अभिभावक सहित शिक्षकहरूलाई सम्मान गरेको छ ।
हालसम्मको नगरपालिकाले प्रकाशन नतिजा अनुसार सुनगाभाका बिधार्थीहरुको नै उत्कृष्ट अंक प्राप्त गरेको सैनामैनाका शिक्षा शाखा प्रमुख राधा बन्जाडेले बताउनु भयो ।
सुनगाभाबाट ९२ जना बिधार्थी आधारभुत तहको परिक्षा सहभागी भएको र त्यसमा दुई जनाले ३.९७ सहित २३ जनाले ए प्लस सहित सबै बिधार्थीहरु उत्कृष्ट अंक सहित उतिर्ण भएको बिधालयका प्रधानाध्यापक तिलब के सी ले बताउनु भयो ।
बिधार्थीहरुले उत्कृष्ट नतिजा ल्याउनुमा बिधालयको शिक्षकहरु लगाव र अहरात्रको खटाई र बिधार्थीहरुको मेहेन्तको नतिजा भएको समेत प्रधानाध्यापक के. सी.ले बताउनु भयो । पछिल्लो समयमा सुनगाभाले शैक्षिक नतिजा सहित अन्य गतिबिधिमा समेत उत्कृष्ट नतिजा निकाल्दै आएको केसीको भनाई थियो । सुनगाभा पछिल्लो समयमा अभिभावकको रोजाईको बिधालय गएको समेत केसीको दावी थियो ।
बिधालय, शिक्षक र अभिभावकको साथ र सहयोगले आफुले उत्कृष्ट नतिजा ल्याउन सफल भएको कृष्टि ज्ञवालीले बताउनु भयो ।
सैनामैना नगरपालिकाले आधारभुत तहको परिक्षा चैत महिनामा संचालन गरेको थियो भने सो नतिजा बैशाख ३ गते नतिजा प्रकाशन गरेको हो । सैनामैना नगरपालिकाबाट ३१ वटा बिधालयका १५९६ बिधार्थी सहभागी भएका थिए ।
कार्यक्रममा बिधालय ब्यवस्थापन समितिका अध्यक्ष डिल्लीराज गौतम, बिधालयका पुर्व अध्यक्ष बिमला अर्याल, बिधालयका शैक्षिक सल्लाकार कृष्ण पंगेनी, सह प्रचार्य कमल पौडेल, अभिभावक कमला पौडल लगायतले बिधार्थीहरुलाई शैक्षिक भबिष्यको शुभकामना दिनु भएको थियो ।