कारकाे ठक्करबाट बानेश्वरमा बालककाे ज्यान गयाे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

 जेठ २, काठमाण्डाै – काठमाण्डौको बानेश्वरमा कारको ठक्करबाट बालकको ज्यान गएको छ । काठमाण्डौ महानगरपालिका–३१ बानेश्वर क्षेत्रको कात्यायनी चोकमा बा प्र ०१–०३१ च ९५६३ नम्बरको कारले ठक्कर ३ वर्षीय बालक शिवांश झाको ज्यान गएको प्रहरीले जनाएको छ ।

भारतको सीतामढी घर भएका मृतक बालक परिवारसँग काठमाण्डौमा बस्दै आएका थिए । कारले ठक्कर दिँदा गम्भीर घाइते भएका बाललको सिनामङ्गलमा रहेको केएमसी अस्पतालमा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी परिसर काठमाण्डौका एसपी अपीलराज बोहराले जानकारी दिनुभयो ।

प्रहरीले कारका चालक रमेशकुमार श्रेष्ठलाई पक्राउ गरेको छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।