२४ घण्टामा देशभर विपद्का ७३ घटना, ४ जनाकाे ज्यान गयाे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाै – पछिल्लो २४ घण्टामा देशभर विपद्का ७३ वटा घटना भएका छन् । ती घटनामा परि चार जनाकाे ज्यान गएकाे राष्ट्रिय विपद् जाेखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएकाे छ । प्राधिकरणका अनुसार हावाहुरीबाट २ तथा सर्पकाे टाेकाइ र चट्याङ लागेर १/१ जनाकाे ज्यान गएकाे हाे ।

४३ जिल्लामा भएका यी घटनामध्ये हावाहुरीका ४६ र आगलागीका १२ घटना प्रमुख छन् । विपद्का घटनामा परि १४ जना घाइते भएका छन् ।

प्राधिकरणका अनुसार विपद्का घटनाबाट झन्डै २ करोड ४१ लाख रुपैयाँको क्षति हुँदा २७ चौपाया मरेका छन् ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।