नवलपरासी पूर्वमा‘जापनिज इन्सेफ्लाइटिस’को सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाउन थालियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ — नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा जापनिज इन्सेफ्लाइटिसको सङ्क्रमणदर उच्च हुँदा ३५ वर्षमाथिका नागरिकलाई लक्षित गरी खोप अभियान सञ्चालन गरिएको छ । अस्ति चैत १ गतेदेखि जापनिज इन्सेफ्लाइटिस विरुद्धको खोप अभियान सञ्चालन गरिएको प्रदेश जनस्वास्थ्य कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रमुख केशव चापागाईँले बताउनुभयो ।

अभियान अन्तर्गत जिल्लाभित्रका ३५ वर्षमाथिका एक लाख ५० हजारभन्दा धेरै नागरिकलाई खोप लगाउने लक्ष्य छ । चालु आर्थिक वर्षमा नवलपरासी पूर्वमा जापनिज इन्सेफ्लाइटिसका १५ जना सङ्क्रमित फेला परेका छन् । ती सङ्क्रमितमध्ये ६ जनाको ज्यान गएको छ ।

सङ्क्रमण जोखिम बढ्दै गएपछि यसको रोकथामका लागि खोप अभियान सञ्चालन गरिएको जनस्वास्थ्य अधिकृत प्रविणकुमार खनालले बताउनुभयो । उहाँका अनुसार अभियान आठवटै पालिकामा सञ्चालन भैरहेको छ । जापनिज इन्सेफ्लाइटिस क्युलेक्स नामक लामखुट्टेबाट सर्ने रोग हो । 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।