भारतको दिल्लीमा अनशनरत सोनामलाई अस्पताल लगियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

भारतको राजधानी दिल्लीमा अनशनरत सामाजिक अभियानकर्मी सोनाम वाङ्चुकलाई आज बिहान प्रहरीले अस्पताल लगेको छ । विगत २० दिनदेखि दिल्लीको जन्तर मन्तरमा आमरण अनशनमा रहेका वाङ्चुकलाई सफदरजङ्गलाई अस्पताल लगेको प्रहरीले पुष्टि गरेको समाचार संस्था पीटीआईले जनाएको छ ।

शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा मागेर उहाँले अनसन थाल्नुभएको हो । मेडिकल प्रवेश परीक्षाको प्रश्नपत्र बाहिरिएको विषयलाई लिएर सोनामले थालेको आमरण अनशन आज २१औँ दिनमा प्रवेश गरेको छ । जन्तर मन्तरमा अहिले ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । दिल्ली उच्च अदालतले सोनामको स्वास्थ्य अवस्थाको निगरानी गर्न सरकारलाई निर्देशन दिएको थियो ।

कक्रोच जनता पार्टी (सीजेपी)का संस्थापक अभिजित दीपकेलाई पनि प्रहरीले पक्राउ गरेको छ । यसबारे दीपकेले सामाजिक सञ्जाल एक्समा लेख्नुभएको छ । कक्रोच जनता पार्टीका प्रवक्ता सौरभ दासले दिल्ली प्रहरीले अभिजित दीपकेलाई उहाँ बसेको ठाउँबाट नियन्त्रणमा लिएको उल्लेख गर्नुभएको छ । 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।