आज पनि सुनचाँदीको भाउ बढ्यो : सुन तोलाको तीन लाख रुपैयाँ नाघ्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ – आज पनि सुनचाँदीको भाउ बढेको छ । नयाँ वर्षको पहिलो दिन हिजो तोलामा ३ हजार १०० रुपैयाँले बढेको सुनको भाउ आज तोलामा २ हजार ९०० रुपैयाँले बढेको हो । 

आज सुन तोलाको तीन लाख रुपैयाँ नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार भाउ बढेर आज सुन तोलाको ३ लाख २ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । 

यस्तै, चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा १५५ रुपैयाँले बढेर तोलाको पाँच हजार २२० रुपैयाँ पुगेको छ । हिजो चाँदीको भाउ तोलाको पाँच हजार ६५ रुपैयाँ थियो ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।