सुनचाँदीको भाउ घट्यो,सुन तोलाको २ लाख ८२ हजार १०० रुपैयाँमा कारोबार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाै —  हप्ताको अन्तिम कारोबार दिन आज सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ ३ हजार १०० रुपैयाँले घटेर  तोलाको २ लाख ८२ हजार १०० रुपैयाँमा करोबार भइरहेको  छ ।

हिजो सुनको भाउ सामान्य बढेर तोलाको २ लाख ८५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदीको भाउ तोलामा १२५ रुपैयाँले घटेर ४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदी हिजो तोलाको ४ हजार ३२५ रुपैयाँमा कारोबार भएको थियो । 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।