भारत, चीन, अमेरिकासहित १३ देशका लागि राजदूत सिफारिश (सूचीसहित)

काठमाण्डौ – सरकारले भारत, चीन, अमेरिकासहित १३ वटा देशका लागि राजदूत सिफारिश गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले राजदूत नियुक्तिका लागि सिफारिश गरेको हो ।

बैठकले भारतका लागि निश्चलनाथ पाण्डे, चीनका लागि कल्याणराज शर्मा, अमेरिकाका लागि चिरनजङ्ग थापालाई राजदूतमा सिफारिश गरेको छ ।

मन्त्रिपरिषद‍्बाट सिफारिश भएका राजदूतको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन हुनुपर्नेछ । त्यसपछि सम्बन्धित देशबाट सहमति (एग्रिमो) आएपछि राष्ट्रपतिले राजदूत नियुक्त गर्नुहुनेछ ।

काे कहाँ सिफारिश ?

१. निश्चलनाथ पाण्डे – भारत
२. कल्याणराज शर्मा – चीन
३. चिरनजङ्ग थापा – अमेरिका
४. गौरव शमशेर जबरा – बेलायत
५. विज्ञानकुमार थापा – जापान
६. सुरेशकुमार कर्ण – इजरायल
७. प्राप्ति शेरचन – स्पेन
८. शरू जोशी – जर्मनी
९. पद्माक्षी राणा – ओमान
१०. चूडामणि खरेल – मलेशिया
११. प्रा. डा. सङ्गम श्रेष्ठ – दक्षिण कोरिया
१२. डा. मञ्चला झा – श्रीलङ्का का
१३. गिरीबहादुर सुनार – साउदी अरेबिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *