भेडासिंहबाट डेढ केजी अवैध सुनसहित भारतीय नागरिक पक्राउ

काठमाडौँ :  काठमाडौँको भेडासिंहबाट करिब डेढ केजी अवैध सुनसहित भारतीय नागरिक पक्राउ परेका छन्।

भारतको पश्चिम बंगाल राज्य हुगली जिल्लाको पाराबजार बस्ने ४१ वर्षीय मानिक दास १ हजार ४८२.८१ ग्राम सुनसहित बिहीबार पक्राउ परेका हुन्।

उनीबाट बरामद भएको सुन केही गहना र केही कच्चा रहेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीले जानकारी दिए।  उनका अनुसार  उनको साथबाट ७ लाख ५६ हजार नगद समेत बरामद  भएको छ।

मानिकले भेडासिंहमा एक घर लिई कारखाना  सञ्चालन गर्दै आएको प्रहरीले जानकारी दिएको  छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *