जापानमा चलिरहेको २० औं एसियाली खेलकुद अन्तर्गत सफ्ट टेनिसको पुरूष खेलमा नेपाल दक्षिण कोरियासँग ३–० ले पराजित भएको छ । मेन्स डबल्समा कमल भण्डारी र प्रदीप खत्रीको जोडी ह्युङयोन लि र जेक्यु पार्कको जोडीसँग ५–० ले पराजित भए ।
मेन्स सिंग्ल्समा ब्रिटिश जेश पाण्डे किम किम जिनयोङसँग ४–० ले पराजित भए। ब्रिजेशले ४–२, ४–०, ४–१ र ४–३ ले खेल गुमाए । यस्तै मेन्स डबल्समा भने नेपालबाट बाइ पाउँदा कोरियाले ३–० को सोझो सेटको जित हात पार्यो ।
नेपाली महिला भलिबल टोलीले समूह चरणका आफ्नो दुबै खेल गुमाइसकेको छ । २० औं एसियाडको औपचारिक उद्घाटन भोलि हुनेछ । नेपालबाट २१ खेलका १ सय ३५ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

