त्रिभुवन विमानस्थलमा यात्रुले आफ्नो ब्यागेजको अवस्था प्रत्यक्ष हेर्न पाउने

काठमाण्डाै – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अब यात्रुले आफ्नो ब्यागेजको अवस्था प्रत्यक्ष हेर्न पाउने भएका छन् । विमानबाट सामान झार्ने क्षेत्र अर्थात् ‘ब्यागेज ड्रप एरिया’ को लाइभ दृश्य अब आगमन कक्षको ब्यागेज लिने क्षेत्रमा देखाउने व्यवस्था गरिएको छ ।

यो व्यवस्थाले अन्तर्राष्ट्रिय उडानबाट नेपाल आउने यात्रुलाई विमानबाट सामान झारिएपछि ब्यागेज बेल्टसम्म आइपुग्ने प्रक्रियाबारे प्रत्यक्ष जानकारी दिने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।

नयाँ व्यवस्थापछि यात्रुले आगमन कक्षमै राखिएको स्क्रिनबाट ब्यागेज ड्रप क्षेत्रमा भइरहेको गतिविधि हेर्न सक्नेछन् । यसबाट सामान झार्ने प्रक्रिया कहाँ पुगेको छ भन्ने जानकारी पाउनुका साथै ब्यागेज प्राप्त गर्न लाग्ने समयको अनुमान गर्न पनि सहज हुने अपेक्षा गरिएको छ ।

विमानस्थलको सेवा प्रवाहलाई प्रविधिमैत्री र पारदर्शी बनाउने उद्देश्यले यो व्यवस्था लागू गरिएको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *