शेयर बजार ३२.६५ अङ्कले घट्याे

काठमाण्डाै – हप्ताको पहिलो कारोबार दिन शेयर बजार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ३२.६५ अङ्कले घटेर २ हजार ६५७.५० विन्दुमा झरेको छ ।

आज सबै समूहको उपसूचक घटेकोमा विकास बैंक, फाइनान्स, निर्जीवन बीमा र अन्य समूहको शेयर डेढ प्रतिशतभन्दा धेरै ओरालो लागेको छ ।

आज २५२ वटा कम्पनीको शेयर घटेकोमा २१ वटाको बढेको छ । ६ वटा कम्पनीको शेयर भने घटबढ भएको छैन ।

आज सानिमा लार्ज क्याप फन्डको शेयर ४.८६ प्रतिशतले घटेको छ । समग्रमा बजार ओरालो लागेको दिन बेनी हाइड्रोपावरको शेयर साढे १३ प्रतिशतले बढेको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । गएको शुक्रवार ८ अर्ब ८९ करोडको कारोबार भएकोमा आज ३४३ वटा कम्पनीको १ करोड ९८ लाख कित्ता शेयर ७ अर्ब १८ करोड रुपैयाँमा किनबेच भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *