ब्राजिल छाडेका बोल्सोनारोलाई अमेरिकी भिसा

ब्राजिलका सिनेटर फ्लाभियो बोल्सोनारो देश छाडेर अमेरिका जानुभएको छ ।

अमेरिकी विदेश विभागले उहाँ र उहाँको परिवारलाई भिसा दिने निर्णयसँगै उहाँ अमेरिका जानुभएको हो  ।

आइतबारको राष्ट्रपति चुनावमा वर्तमान राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भासँग पराजित भएपछि बोल्सोनारो अमेरिका गएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । उहाँको परिवार अर्थात् श्रीमती र दुई छोरी पनि अमेरिका जाने तयारीमा छन् ।

राहदानी फिर्ता गर्न सर्वोच्च अदालतले दिएको आदेश पालना नगरी बोल्सोनारोले देश छाडेको खबरमा उल्लेख छ । उहाँमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान भइरहेको छ । तर, उहाँले आफूमाथि लागेको आरोप अस्वीकार गर्दै आउनुभएको छ ।

बोल्सोनारोको अमेरिका प्रस्थानले ब्राजिल र अमेरिकाबीचको सम्बन्ध थप तनावपूर्ण बन्न सक्ने संकेत देखिएको छ । ब्राजिलका राष्ट्रपति लुलाले बोल्सोनारो परिवारलाई अमेरिकाले राजनीतिक रूपमा सहयोग गरेको आरोप लगाउँदै आउनुभएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि बोल्सोनारोका पिता तथा ब्राजिलका पूर्वराष्ट्रपति जैर बोल्सोनारोमाथि न्यायिक उत्पीडन भएको बताउनुभएको थियो ।

जैर बोल्सोनारोलाई सरकारी भवनमा आक्रमण गरी विद्रोहको षड्यन्त्र गरेको अभियोगमा २७ वर्षको जेल सजाय सुनाइएको छ । राष्ट्रपति चुनावमा बोल्सोनारोले जित्ने अपेक्षा गरिए पनि उहाँ लुलासँग पराजित हुनुभएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *