हर्मुज जलमार्गमा ७ वटा जहाजमा आक्रमण भएको इरानको दाबी

इरानले हर्मुज जलमार्गमा ७ वटा तेल ट्याङ्करमा आक्रमण भएको र तिनमा क्षति पुगेको दाबी गरेकाे छ ।

गएको फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानविरुद्ध युद्ध शुरू गरेयता हर्मुज जलमार्गमा एकै दिनमा भएको यो सबैभन्दा ठूलो क्षति रहेको समाचार संस्था अलजजीराले जनाएको छ ।

यसैबीच इरानको ‘इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स’ (आईआरजीसी) ले अमेरिकाले ट्याङ्करहरूलाई हर्मुज जलमार्गको अरू भाग भएर जान मद्दत गर्ने कदम चालेमा मध्यपूर्वमा रहेका उसका आधारहरूमाथि आक्रमण गर्न सकिने चेतावनी दिएको छ ।

इरानले हर्मुज जलमार्गमा आफ्नो नियन्त्रण रहेको दाबी गर्छ । युद्ध शुरू हुनुअघि विश्वमा खपत हुने कुल तेल र ग्यासको पाँच भागको एक भाग अर्थात् २० प्रतिशत यही मार्गबाट ढुवानी हुने गर्थ्याे ।

आफ्नो अनुमतिविना यस जलमार्गबाट अघि बढ्ने प्रयास गर्ने जहाजहरूमाथि इरानले नियमित रूपमा आक्रमण गर्ने गरेको छ ।

तर अमेरिकी सेनाले हर्मुज जलमार्ग हुँदै जाने जहाजहरूलाई सुरक्षा प्रदान गर्ने क्रम बढाएको छ जसको जवाफमा इरानले आक्रमणहरू तीव्र पारेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *