जलवायु परिवर्तनको असरः महाविपत्तिपछि नेपालको पक्षमा उभिए राष्ट्रसंघका महासचिव गुटेरेस, उठाए जलवायु न्यायको प्रश्न

काठमाडौंः संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपालजस्ता विकासशील राष्ट्रहरूले भोगिरहेका गम्भीर आर्थिक र वातावरणीय चुनौतीहरूप्रति विशेष रूपमा ध्यानाकर्षण गराएका छन्। नेपाललगायत ग्लोबल साउथ राष्ट्रहरूले जलवायु परिवर्तनमा न्यून भूमिका खेले पनि त्यसको मार भने निकै ठूलोरूपमा भोग्नुपरेको यथार्थ सुनाए।

राष्ट्रसंघको महासभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै उनले केहीसँग रेकर्ड स्तरको धन र लाखौँ मानिसहरू अझै पनि आधारभूत आवश्यकताबाट वञ्चित हुनु परेको सनाए। असमानता केवल आर्थिक मुद्दा मात्र नभई अवसर, स्रोत र आत्मनिर्णयमाथिको अधिकारको प्रश्न भएको उनको भनाइ छ।

अन्तर्राष्ट्रिय वित्तीय प्रणालीले विकासशील देशहरूलाई ऋणको पासोमा पारेको र उनीहरूले जलवायु प्रकोपको सामना गर्नुपरेको उल्लेख गर्दै उनले भने, ’ऋण राहत प्रक्रिया छिटो गरिनुपर्छ, बहुपक्षीय विकास बैंकहरू थप बोल्ड बन्नुपर्छ र अन्तर्राष्ट्रिय मुद्रा कोषद्वारा सिर्जना गरिएको विशेष रेखाचित्र अधिकारमा सबैको निष्पक्ष पहुँच हुनुपर्छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *