सुनचाँदीको भाउ आज यथावत्

काठमाण्डौ – हिजो सम्म घटबढ हुँदै आएको सुनचाँदीको भाउ आज यथावत् छ ।

हिजो तोलामा सुन २ हजार ८०० रुपैयाँले बढेर दुई लाख ९३ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको भाउ आज त्यही भाउमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

गएको सोमबार र मंगलबार लगातार घटेको सुन हिजो बुधवार बढेको थियो । अस्ति मंगलबार सुनको भाउ तोलाको दुई लाख ९० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको भाउ पनि घटबढ भएको छैन । हिजो ३० रुपैयाँले बढेर तोलाको ४ हजार ४२५ रुपैयाँ पुगेको चाँदीको भाउ आज पनि त्यही भाउमा कारोबार भइरहेको छ । यसअघि मंगलबार चाँदी ४ हजार ३९५ रुपैयाँमा कारोबार भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *