चितवनले दियाे विराटनगरलाई १५८ रनकाे लक्ष्य

काठमाण्डाै – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजले विराटनगर किङ्ग्सलाई १५८ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ३ विकेट गुमाएर १५७ रन बनायो । चितवनका डेविड मलानले ७० रन बनाए । विराटनगरका एन्जेलो म्याथ्युज, आन्द्रे रसेल र चरिथ असलङ्काले १/१ विकेट लिए ।

एनपीएलमा आजकाे दाेस्राे खेलमा पहिलाे संस्करणकाे विजेता जनकपुर बाेल्ट्स र कर्णाली याक्स खेल्दैछन् । याे खेल बेलुकी ५ बजे शुरू हुनेछ ।

एनपीएल हिजाेदेखि शुरू भएकाे हाे । उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्सले सुदूरपश्चिम राेयल्सलाई ७ विकेटले हराउँदै विजयी शुरुआत गरेकाे छ ।

पहिलो पटक डीआरएसको प्रयोग, अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट मान्यता, विदेशी खेलाडीको उत्साहजनक सहभागिता, दर्शकको बढ्दो चासो र प्रतियोगितासँग जोडिएको व्यावसायिक गतिविधिले यसपालिको एनपीएललाई थप विशेष बनाएको छ ।

एनपीएलमा लुम्बिनी र सुदूरपश्चिमसहित विराटनगर किङ्ग्स, चितवन राइनोज, पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्स, कर्णाली याक्स, काठमाण्डु गुर्खाज र पोखरा एभेन्जर्स गरी ८ वटा टोली सहभागी छन् । प्रतियोगिता आउँदो मङ्सिर ५ गतेसम्म चल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *