काठमाडौँ : रानीपोखरीमा एक व्यक्ति मृत भेटिएका छन्। ३५–४० वर्ष जतिका पुरुषले बिहीबार बिहान मृत फेला परेका हुन्।
जिल्ला प्रहरी परिसर काठमाडौँले पहिचान खुल्न बाँकी रहेको बताएताएको छ। उनका अनुसार घटना राति साढे ९ बजेतिरको हो।
पोखरीमा शव तैरिरहेको देखेपछि प्रहरी टोलीले बाहिर निकालेको थियो। शव पोष्टमार्टमका निम्ति शिक्षण अस्पताल पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको एपसी थापाले बताए ।

