कपिलवस्तुमा बस र ट्रक ठोक्किँदा एक जनाको मृत्यु

१६ असोज, दाङ । कपिलवस्तुको शिवराज नगरपालिका–१ चोरखोलामा बस र ट्रक ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

ना.६ प ३३३३ नम्बरको ट्रक र लु.प्र.०३ ००१ ख ००९९ नम्बरको बस आज बिहान ठोक्किँदा बस चालक ३४ वर्षीय सुमन खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएकाहरूलाई उपचारका लागि चन्द्रौटा लगिएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *