काठमाडाैँ : सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बाढी प्रभावित क्षेत्रमा भइरहेको उद्धार र राहत कार्यका विषयमा जानकारी लिएका छन्।
आइतबार पार्टी मुख्यालय वनस्थलीमा पार्टीले गठन गरेकाे उद्धार तथा राहतका संयन्त्रका नेताहरूबाट उनले उद्धार तथा राहतकाे कामबारे जानकारी लिएका हुन्।
त्यसक्रममा सभापति लामिछानेले प्रभावकारी उद्धार र राहतका लागि पार्टीका सम्पूर्ण तह र निकायलाई निर्देशन पनि दिएका प्रवक्ता जगदीश खरेलले बताए।
१० भदौमा अकस्मात भोटेकोशीमा आएको भीषण बाढीले रसुवा, धादिङ, नुवाकोट, गोरखा, चितवन, तनहुँलगायतका तटीय क्षेत्रमा ठूलो जनधनको क्षति भएको थियो।

