रास्वपा लक्षित एमाले नेता थापाकाे अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुखको रुलिङ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाै – सभामुख डोलप्रसाद अर्यालले नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापाले सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को वैचारिक आधार र राजनीतिक चरित्रमाथि प्रश्न उठाउँदै दिएको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन रुलिङ गर्नुभएको छ ।

प्रतिनिधिसभाको आजकाे बैठकमा सभामुख अर्यालले थापाकाे रास्वपा लक्षित अभिव्यक्ति संसद्काे रेकर्डबाट हटाउन रुलिङ गर्नुभएको हो ।

हिजाेकाे प्रतिनिधिसभा बैठकमा नेता थापाले रास्वपा कुनै सुव्यवस्थित वा सुसङ्गत विचारधारामा आधारित दल नभई आकस्मिक रूपमा उत्पन्न भएको अति महत्त्वाकाङ्क्षी तथा अराजक समूहहरूको अस्थायी गठजोड भएको आरोप लगाउनुभएकाे थियाे । लगत्तै रास्वपा नेता मनिष खनालले थापाको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै संसद्को रेकर्डबाट हटाउन माग गर्नुभएको थियो ।

एमाले नेता थापाले रास्वपा चरम अवसरवादी र अस्थिर प्रवृत्ति भएको भन्दै यसको परिणाम अत्यन्त घातक हुने बताउनुभएकाे थियाे ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।