माछा मार्ने क्रममा गुल्मीमा एक जनाको ज्यान गयो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

 वैशाख ३०, गुल्मी – खोलामा माछा मार्ने क्रममा गुल्मीको छत्रकोट गाउँपालिका–२ दाँइछाप बुटिलगाँउका ४५ वर्षीय ज्ञानबहादुर राकसको ज्यान गएको छ ।

राकसकाे शव आज बिहान रेग्दी छहरामा रहेको बडिगाढ खोलाको किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिनुभयाे ।

हिजो बेलुका घरबाट माछा मार्न भनी खोलामा निस्किनुभएका उहाँ राति अबेरसम्म घरमा नफर्केपछि परिवारले खाेजी थालेकाे थियो । हिजो बेलुका त्यस क्षेत्रमा हावाहुरीसहित ठूलो पानी परेको थियो ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।