सैनामैना होटेल तथा रेस्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको छैठौं औं वार्षिक साधारणसभा तथा चौथो अधिबेशन शनिवार सम्पन्न भएको छ । चौथो अधिबेशनले माया केसी अध्यक्षमा १७ सदस्य कार्यसमिति सर्वसम्मत चयन गरेको छ । संघको वरिष्ठ उपाध्यक्षमा हुमराज घिमिरे, पर्यटन उपाध्यक्ष भिमलाल जैसि, उपाध्यक्ष मेघराज, महिला उपाध्यक्ष मिना ज्ञवाली बस्याल, महासचिव नवराज पन्थि, सचिब प्रशन्न पन्थ, सहसचिव दिनामानि पौडेल, कोषाध्यक्ष चन्द्रकान्ता भुसाल र सह-कोषाध्यक्ष प्रदिप पाण्डे चयन हुनुभएको छ ।
यस्तै सदस्यहरुमा किशोर पौडेल, मुक्तिलाल पाण्डे, मेघराज पाण्डे, सुमित सापकोटा, बाबुराम कंडेल र शालिकराम पराजुली रहेका छन् । यस्तै लेखा समिति संयोजकमा विष्णु सापकोट र सदस्यमा मधुसुधन अर्याल चयन हुनुभएको छ ।
साधारणसभा सभा तथा अधिवेशनको उद्घाटन गर्दै सैनामैना नगरपालिका प्रमुख फणीन्द्र प्रसाद शर्माले नगरको पर्यटन विकासमा होटेल व्यवसायीले महत्त्वपूर्ण योगदान पुर्याएकोले आन्तरिक पर्यटन प्रबर्द्धनमा नगरपालिका अघि बढेको बताउनुभयो । सैनामैना क्षेत्रका ऐतिहासिक, धार्मिक, साँस्कृतिक एवं पुरातात्विक महत्व बोकेको पर्यटकीय गन्तव्यहरुको प्रचारप्रसार गर्न नगरपालिकाले घुमौ सैनामैना रमाउ सैनामैना कार्यक्रममार्फत पर्यटन प्रबर्द्धन गर्ने अभियानमा लाग्न होटेल व्यवसायीलाई आग्रह गर्नुभयो ।
होटेल व्यवसायी सैनामैनाका अध्यक्ष झविन्द्र पोख्रेलले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विगतका वर्षमा संघले गरेका गतिविधि, चुनौतीहरू र उपलब्धिहरूको विस्तृत विवरण दिनुभएको थियो।
साधारणसभामा होटेल तथा रेस्टुरेन्ट व्यवसायी महासंघका केन्द्रिय सचिब नारायण सेनले व्यवसायीबीच सहकार्य, पर्यटन प्रवर्द्धन र सरकारी नीतिमा व्यवसायीको आवाज समावेश गराउन संघ लागेको बताउनुभयो। आर्थिक मन्दीले धरासायी होटेल व्यवसायीलाई सरकारले व्यवसायीलाई छुट, सहुलियतपूर्ण ऋण, र करमा सहजीकरण गर्नुपर्ने र पर्यटन क्षेत्रलाई प्राथमिक उद्योगको रूपमा हेर्न आवश्यक रहेको उल्लेख गर्नुभयो ।
होटेल तथा रेस्टुरेन्ट व्यवसायी महासंघ लुम्बिनी प्रदेश अध्यक्ष महेन्द्र श्रेष्ठले सरकारले होटल व्यवसायलाई उद्योग सरहको मान्यता दिनुपर्ने बताउनुभयो ।