निश्चल ज्ञवाली, सैनामैना ।
सैनामैना नगरपालिका वडा नं ५ स्थित बुद्ध नगरमा विपद् जोखिम न्युनिकरण तथा जलवायु परिवर्तन एवं स्वास्थ्य सम्बन्धि १ दिने अभिमुखिकरण कार्यक्रम शनिबार सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी, स्वीस रेडक्रसको सहयोगमा संचालित सहनशील पूर्व तयारी तथा आपत्कालीन प्रतिकृया प्रवर्द्धन (SUPER) परियोजनाको आयोजनामा संकटकालीन टोल समुदायलाई विपद् जोखिम न्यूनीकरण तथा जलवायु परिवर्तन अनुकूलन र स्वास्थ्य प्रवर्द्धनसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो ।
सैनामैना नगरपालिका वडा नं ५ स्थित बुद्ध नगर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको सभाहलमा सम्पन्न उक्त कार्यक्रम बिहान ७:०० बजेबाट सुरु भएको थियो । अभिमुखीकरण कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका सहजकर्ता एवं विपद् व्यवस्थापन समितिका सदस्य डिल्लीराज जोशी ले विपद्का सम्भावित जोखिमहरू, तिनबाट बच्न सकिने उपायहरू, जलवायु परिवर्तनका असरहरू तथा समुदायस्तरमै स्वास्थ्य सचेतना प्रवर्द्धन गर्नुपर्ने आवश्यकताका बारेमा जानकारी गराउनुभयो ।
कार्यक्रम बुद्ध नगर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष रामप्रसाद भुसालको अध्यक्षता, सैनामैना नगरपालिका वडा नं ५ का वडा अध्यक्ष धनप्रसाद पौडेलको प्रुमख आतिथ्यता, नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखा उपमन्त्री दिनेश पन्थीको विशिष्ट आतिथ्यता र नेपाल रेडक्रस सोसाइटी सैनामैना नगर स्वंयमसेवक माधव पौडेलको सञ्चालनमा सम्पन्न भएको हो ।
नेपाल रेडक्रस सोसाइटी सैनामैना नगर स्वंयमसेवक मधु गौतमको व्यवस्थापनमा सम्पन्न कार्यक्रममा संस्थाका पदाधिकारीहरु सहित स्थानीयहरुको समेत सहभागीता रहेको थियो । पछिल्लो समय रेडक्रस सोसाइटीले समुदायस्तरमा विपद् व्यवस्थापन तथा जलवायु अनुकूलन क्षमतामा वृद्धि गर्न यस्ता कार्यक्रमहरु सञ्चालन गर्दै आएको कार्यक्रम सहजकर्ता डिल्लीराज जोशीले जानकारी दिनुभएको छ ।