जाजरकोटको छेडागाडमा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गयो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

जाजरकाेट – जाजरकोटको छेडागाड नगरपालिका–८ मा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।

छेडागाड–८ बाहार्ना खोलाको भित्री सडकमा बिहान कर्णाली प्रदेश ०२–००१ च १३२७ नम्बरको जीप ब्रेक फेल भइ दुर्घटना हुँदा दुई जनाको ज्यान गएको र चार जना घाइते भएका जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

ज्यान गुमाउनेमा छेडागाड–९ पजारुका ७० वर्षीया नन्दकला अधिकारी र २८ वर्षीय राजु अधिकारी रहेका जाजरकोटका प्रहरी प्रमुख वसन्तकुमार शर्माले जानकारी दिनुभयो ।

घाइते कृष्ण अधिकारी, लक्ष्मी खत्री, बीरबहादुर रोकाय र शीतला रावतको छेडागाड नगर अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।