राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यहरुको सपथग्रहण सम्पन्न

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ – राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यहरुको सपथग्रहण सम्पन्न भएको छ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नवनिर्वाचित सदस्यहरुलाई सपथ गराउनुभएको हो ।

राष्ट्रिय सभाका १८ सदस्यका लागि गएको माघ ११ गते चुनाव भएको थियो । चनावमा कोशी प्रदेशबाट रोश्नी मेचे, सोमनाथ पोर्तेल र सुनिलबहादुर थापा निर्वाचित भएको थियो ।

मधेशबाट रेखाकुमारी झा, धर्मेन्द्र पासवान, रन्जित कर्ण र महन्थ ठाकुर, बागमतीबाट गीता देवकाटा र प्रेमप्रसाद दंगाल, गण्डकीबाट जगत तिमिल्सिना र सम्झना देवकोटा, लुम्बिनीबाट रामकुमारी झाँक्री, चन्द्रबहादुर केसी र वासुदेव घिमिरे निर्वाचित हुनुभएको थियो ।

त्यस्तै कर्णाली प्रदेशबाट मीनासिंह रखाल र ललितजङ शाही र सुदूरपश्चिमबाट लीलाकुमारी भण्डारी र खम्मबहादुर खाती निर्वाचित भएको थियो । यहि फागुन २० गतेदेखि १९ जना सदस्यको कार्यकाल पूरा भएकोमा एक जना अब सरकारको सिफारिसमा राष्ट्रपतीले मनोनयन गर्नुहुनेछ । 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।