प्रतिनिधिसभामा विजयी हुँदा १२ जनालाई ५० हजारभन्दा धेरै मत प्राप्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ – यस पटकको प्रतिनिधि सभा चुनावमा १२ जना उम्मेदवारले ५० हजार भन्दा धेरै मत पाएर विजयी भएका छन् । ५० हजार मत कटाउने सबै राष्ट्रिय स्वतन्त्र पार्टी (राश्वपा) का उम्मेदवार हुन् । निर्वाचन आयोगका अनुसार झापा २ मा इन्दिरा राना मगरले ६० हजार ११० र झापा ५ मा बालेन शाहले ६८ हजार ३४८ मत प्राप्त गर्नुभएको छ ।

यस्तै मोरङ ६ मा रुबिना आचार्यले ५५ हजार ५१३, सुनसरी २ मा लालविक्रम थापाले ५७ हजार ३४८, काभ्रे २ मा बदनकुमार भण्डारीले ५३ हजार ३४४ मत पाउनुभएको छ ।

यस्तै चितवन १ मा हरि ढकालले ५८ हजार २०८, चितवन २ मा रवि लामिछानेले ५४ हजार ४०२, चितवन ३ सोविता गौतमले ५९ हजार २७७, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा राजन गौतमले ५० हजार ९४५, रूपन्देही १ मा सुनिल लम्सालले ५४ हजार ८४५, रूपन्देही २ मा सुलभ खरेलले ५६ हजार ५५० र रुपन्देही ३ मा डा लेखजंग थापाले ५८ हजार ८१४ मत प्राप्त गर्नुभएको छ ।

धेरै मत पाउने मध्ये रास्वपाका वरिष्ठ नेता बालेनले एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्व उपसभामुख इन्दिरा राना मगरले पूर्वसभामुख देवराज घिमिरेलाई र रास्वपाकी रुबिना आचार्यले नेपाली कांग्रेसका नेता शेखर कोइरालालाई पराजित गर्नुभएको हो ।

यस्तै सुलभ खरेलले एमाले उपाध्यक्ष तथा पूर्वमन्त्री विष्णु पौडेललाई र सोविता गौतमले भरतपुर महानगरपालिकाकी पूर्व मेयर रेणु दााहललाई पराजित गर्नुभएको हो ।  

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।