गोरखा – प्रतिनिधिसभा सदस्यको चुनावअन्तर्गत गोरखा क्षेत्र नम्बर १ मा मतगणना शुरू भएको छ । भौगोलिक विकटताका कारण मतपेटिका सङ्कलनमा ढिलाइ हुँदा मतदान सम्पन्न भएको दुई दिनपछि मात्रै यस क्षेत्रको मतगणना शुरू भएको हो ।
जिल्ला समन्वय समितिमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आज दिउँसाे साढे १२ बजेदेखि मतगणना थालिएको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले जानकारी दिनुभयो ।
मतगणनाका लागि तारजालीसहितको सुरक्षा व्यवस्था मिलाइएको छ । गोरखा–१ मा एक स्वतन्त्रसहित १२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् ।