भ्रष्टाचार नियन्त्रणमा सरकार प्रतिवद्ध : प्रधानमन्त्री अोली

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नियन्त्रणमा सरकार प्रतिवद्ध रहेको बताएका छन् ।

भ्रष्टाचार निवारण ऐन २०५९ लाई संशोधन गर्न बनेको विधेयकमाथि राज्य व्यवस्था तथा सुशासन समितिमा मंगलबार भएको छलफलमा भाग लिँदै प्रधानमन्त्री ओलीले समृद्ध नेपाल सुखी नेपाली बनाउनुपर्नेमा जोड दिए ।


यसमा भ्रष्टाचार तगारो भएको भन्दै उनले भ्रष्टाचार नियन्त्रण गर्न सरकार प्रतिवद्ध रहेको बताए ।


अहिलेको सरकार प्रतिशोधका लागि होइन । अर्थतन्त्रमा सुधार र विकासमा गति ल्याउनका लागि हो । यसले कसैप्रति आग्रह पूर्वाग्रह राख्ने, अनावश्यक अनुचित झुटा कुरा उचाल्ने वा कसैलाई दुःख दिने काम गर्दैन’, उनले अगाडि भने, ‘कसैले गल्ती गर्‍यो, बद्‍मासी गर्‍यो भने अनुहार हेरिँदैन । उम्किन पाउँदैन ।’

 

 

 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।