रास्वपाको जीत शुरु, काठमाण्डौ १ बाट रञ्जु दर्शना विजयी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ — काठमाण्डौ निर्वाचन क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले जितको शुरुवात गरेको छ । अन्तिम परिणाम अनुसार रास्वपा उम्मेदवार रञ्जु न्यौपाने(दर्शना)ले १५ हजार ४ सय ५५ मतसहित विजयी हुनु भएको हो ।

उहाँका प्रतिद्वन्दी नेपाली कांग्रेसका प्रबल थापाले ६ हजार ३ सय ६४ मत ल्याउनु भएको छ  । राप्रपाका रवीन्द्र मिश्रले ३ हजार ९ सय ७२ मत प्राप्त गर्नुभएको छ ।

यस्तै एमालेका मोहनराज रेग्मीले १ हजार ६ सय १८ मत, नेपाली कम्युनिस्ट पार्टीकी मेनुका भण्डारीले ३ सय ४५ मत, श्रम संस्कृति पार्टीका समीर लामा तामाङले ४ सय २६ मत ल्याउनुभयो ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।