ओलीभन्दा बालेन ६ हजार मतले अगाडि, प्रचण्डले अग्रता बढाउँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ — प्रतिनिधिसभा चुनावको मतगणना भइरहँदा शीर्ष नेताहरूमध्ये नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहबाहेक अरू नेताहरू पछाडि देखिएका छन् ।

देशकै सबैभन्दा बढी चर्चामा रहेको झापा क्षेत्र नम्बर ५ मा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ६ हजारभन्दा धेरै मतले पछि पार्नुभएको छ । बालेन्द्र शाहले १० हजार १ सय ९० मत ल्याउँदा ओलीको ४ हजार ८७ मत आएको छ ।

यस्तै रुकुमपूर्वमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले ४ हजार ३९८ मतसहित अग्रता लिनुभएको छ । कांग्रेसका कुसुमदेवी थापाले १ हजार २६१ र एमालेको लिलामणी गौतमले ९ सय ७ मत ल्याउनुभएको छ । 

यस्तै चितवन २ बाट रास्वपाका सभापति रवि लामिछानेले ५ हजार ४ सय ७५ मतसहित अग्रता बनाउनुभएको छ । नेकपा एमालेका अस्मिन घिमिरेले २ हजार २ सय ५१  मत पाउनुभएको छ । 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।