पाल्पाको तिनाउ खोलामा एक व्यक्ति मृत फेला

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पाल्पाको माथागढीस्थित तिनाउ खोलामा एक जना व्यक्ति मृत फेला परेका छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार माथागढी गाउँपालिका वडा नं. ३ बेलाटारीस्थित तिनाउ खोलामा ५६ वर्षीय मानबहादुर कुमाल मृत फेला परेका हुन्।

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठका अनुसार मृत भेटिएका कुमाल तानसेन नगरपालिका वडा नं. ९ मा बसोबास गर्दै आएका थिए।

बुधबार दिउँसो सवा १२ बजेतिर स्थानीयले खोलामा मानिसको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। 
खबर पाएलगत्तै घटनास्थलमा पुगेको प्रहरीले उक्त शव कुमालको रहेको पुष्टि गरेको हो।

प्रहरीले प्रारम्भिक अनुसन्धानपश्चात कुमालको शवलाई पोष्टमर्टमका लागि जिल्ला अस्पताल पाल्पामा पठाई घटना सम्बन्धी थप अनुसन्धान अगाडि बढाएको जनाएको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।