बौद्धिक अपांगता सेवा केन्द्रलाई सहयोग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सैनामैना : रुपन्देहीको सैनामैना–८ रामापुरस्थित बौद्धिक अपांगता सेवा केन्द्रलाई सामुदायिक रेडियो सैनामैना ९१ मेगाहर्जले सोमबार शैक्षिक सामग्री, खेलकुदका सामग्री तथा खाना पकाउने सामान हस्तान्तरण गरेको छ।

रेडियो सैनामैना ९१ मेगाहर्जकी अध्यक्ष कमला न्यौपानेको अध्यक्षतामा सम्पन्न सहयोग हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि संस्थापक अध्यक्ष तथा सल्लाहकार लाल प्रसाद पंगेनी रहनुभएको थिए।


कार्यक्रममा उहाँले मानविय सेवाभाव र सामाजिक उत्तरदायित्वका साथ रेडियोले सहयोगको सुरुवात गरेको बताउँदै, आगामी दिनमा पनि यस्ता सामाजिक कार्य निरन्तर जारी रहने विश्वास व्यक्त गर्नुभयो। साथै, सैनामैना नगरपालिका तथा बाल विकास केन्द्रसँग केन्द्रका लागि कम्तीमा एउटा दरबन्दी सुनिश्चित गर्न पहल भइरहेको जानकारी दिनुभयो।

कार्यक्रममा सेवा केन्द्रकी प्रधानाध्यापक सुशिला पन्थले हाल केन्द्रमा २५ जना विद्यार्थी रहेका बताउँदै, शारीरिक रूपमा सक्षम देखिए पनि बौद्धिक रूपमा असक्त बालबालिकाहरू अझै जटिल अवस्थाबाट गुज्रिन बाध्य रहेको बताउनुभयो।

सहयोग कार्यक्रममा रेडियो सैनामैनाका कोषाध्यक्ष टेकबहादुर रेश्मी, कार्यसमिति सदस्यहरू युवराज कार्की, निर्मला गौतम, वरिष्ठ पत्रकार डी.आर. पन्थी, स्टेशन म्यानेजर अनिल पहाडीलगायतको उपस्थिति रहेको थियो।


कार्यक्रममा उपाध्यक्ष रुमाखर गौतमले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रम सञ्चालन सचिव सुशिला शर्माले गर्नुभएको थियो।
 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।