अर्घाखाँचीको सन्धिखर्कमा झण्डै ५० हजार रुपैयाँका प्लास्टिकका माला नष्ट

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले झण्डै ५० हजार रुपैयाँका प्लास्टिकका माला नष्ट गरेको छ । बजार अनुगमनको क्रममा ३५ पसलहरूबाट बरामद गरेको प्लास्टिकका माला नष्ट गरेको सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले बताउनु भयो ।

नगरपालिकाले यसअघि नै सूचना निकालेर कुनै पनि प्रकारका कृत्रिम फूल एवम् मालाको उत्पादन, बिक्री तथा ओसारपसार नगर्न भनेको थियो । प्लास्टिकजन्य उत्पादन वातावरणको लागि हानिकारक हुनुको साथै यसले स्थानीय फूलको उत्पादनलाई नकरात्मक असर गर्ने भएकोले रोक लगाएको मेयर कृष्ण प्रसाद श्रेष्ठले बताउनु भयो ।  

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।