एमाले नेता महर पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ — एमाले नेता ऐन महर पक्राउ परेका छन् । जिल्ला अदालत काठमाडौैंको पक्राउ पुर्जीको आधारमा महरलाई अनुसन्धानका लागि बुधबार पक्राउ गरिएको हो । उनीविरुद्ध विद्युतीय अपराधको उजुरी दर्ता भएको थियो । बझाङ निवासी रश्मिला धामीले गालीबेइज्जती तथा चरित्र हत्यासम्बन्धी दिएको जाहेरीका आधारमा जिल्ला अदालत काठमाडौंले भदौ ९ मा पक्राउ पुर्जी जारी गरेको थियो ।

प्रहरीको साइबर ब्युरोले महरलाई पक्राउ गरेको हो । उनलाई म्याद थपका लागि आजै अदालत पेस गरिँदैछ ।


 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।