आयरल्यान्ड र इङ्ल्यान्डमा बेहोरेको हारपछि बीसीसीआईले समीक्षा बैठक बोलाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाै – भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) ले अर्को महिनाको शुरूमा आयरल्यान्ड, इङ्ल्यान्ड र जिम्बाब्वेमा भारतीय टोलीको प्रदर्शनको समीक्षा गर्ने भएको छ ।

साथै बीसीसीआईले मुख्य प्रशिक्षक गौतम गम्भीरको नेतृत्वमा रहेका सहयोगी कर्मचारीहरूमध्ये केहीको सम्झौताका सम्बन्धमा पनि निर्णय लिने क्रिकेटसम्बन्धी जानकारी दिने बेवसाइट क्रिकबजले जनाएको छ ।

बीसीसीआईका सचिव देवजित सैकियाका अनुसार यस समीक्षामा पछिल्ला दिनहरूमा खेलिएका सबै एकदिवसीय र टी–२० क्रिकेटका खेलहरूको विश्लेषण हुनेछ । यसमा विशेषगरी आयरल्यान्ड र इङ्ल्यान्डमा भारतले खेलेका खेलहरू समावेश हुनेछन् जहाँ भारतीय टोलीले इङ्ल्यान्डसँगको एउटा मात्र एकदिवसीय खेलमा जीत हासिल गर्नुबाहेक अन्यमा खासै सफलता पाउन सकेको थिएन ।

बीसीसीआई सचिवले समीक्षा बैठक अगस्ट महिनामा आयोजना हुने बताए पनि त्यसको यकिन मिति भने नखुलाएका खबरमा उल्लेख छ ।

गएको मार्च महिनामा टी–२० विश्वकपको उपाधि जितेयता भारतले नयाँ कप्तान श्रेयस अय्यरको नेतृत्वमा राम्रो प्रदर्शन गर्न सकेको छैन ।

भारतीय टोलीले गएको महिना आयरल्यान्डसँगको दुई खेलको टी–२० शृङ्खलामा २–० र इङ्ग्ल्यान्डसँगको पाँच खेलको टी–२० शृङ्खलामा ४–० ले हार बेहाेरेकाे थियो ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।