भैरहवामा तीन दिने उद्घोषण तालिम सम्पन्न

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

निश्चल ज्ञवाली, रुपन्देही । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ८ कार्यालयद्वारा आयोजित तीन दिने उद्घोषण तालिम सोमबार एक कार्यक्रमका बीच सम्पन्न भएको छ ।

भैरहवा स्थित रुपन्देही लिलाराम माध्यमिक विद्यालयको सभाहलमा सम्पन्न उक्त कार्यक्रमको उद्घाटन शनिवार सिद्धार्थनगर नगरपालिकाका मेयर इश्तियाक अहमद् खानले गर्नुभएको थियो ।

तिन दिने उद्घोषण तालिमको समापन कार्यक्रममा बोल्दै सिद्धार्थनगर–७ का वडा अध्यक्ष राजन जंग राणा श्रेष्ठले नेतृत्व तथा व्यक्तित्व विकास गर्नका लागि तालिमको आयोजना गरिएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता तालिमलाई निरन्तरता दिइने बताउनुभयो ।

तिन दिनको तालिम पश्चात सम्पूर्ण प्रशिक्षार्थीमा बोल्न सक्ने कलामा परिवर्तन भएको देखेपछि आफू निकै खुशी भएको बताउँदै प्रशिक्षकहरुलाई धन्यवाद ब्यक्त गर्नुभएको छ ।

कार्यक्रममा सिद्धार्थनगर नगरपालिका कार्यपालिका सदस्य एवं उद्घोषण तालिम संयोजक रुपा बराइलीले ३ दिनसम्म सन्चालन भएको उद्घोषण तालिम राम्रोसँग बोल्न नजान्ने एवं उपस्थित प्रशिक्षार्थीहरुको लागि निकै प्रभावकारी भएको बताउनुभयो ।

असार ७,८ र ९ गते गरि तीन दिनसम्म सञ्चालित कार्यक्रममा प्रमुख प्रशिक्षक विजय सुनार र प्रशिक्षक निश्चल ज्ञवालीले प्रशिक्षण दिनुभएको थियो ।

कार्यक्रममा अतिथिहरु सिद्धार्थनगर नगरपालिका ०८ का वडा सदस्यहरु सरस्वती ज्ञवाली , हरिप्रसाद आचार्य,थानेश्वर पाण्डे सहित करिब ३५ जना प्रशिक्षार्थीको सहभागीता रहेको थियो ।

प्रमुख प्रशिक्षक विजय सुनारको मन्तव्य, प्रशिक्षार्थी दिलकुमारी कुवँरको अनुभव मन्तव्य र वडा नं ८ का सचिव मानुषी ढकालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।