रास्वपामा नयाँ नेतृत्व छान्न भाेलि मतदान, बन्दसत्र अझै शुरू भएन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नयाँ नेतृत्व छान्नका लागि भोलि चुनाव हुने भएकाे छ ।

केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार आजको बन्दसत्रपछि चुनावकाे प्रक्रिया अघि बढ्ने छ । तर दिउँसाे २ बजेदेखि शुरू भएर बेलुकी पाैने बजे समापन हुने भनिएकाे बन्दसत्र अझै शुरू हुन सकेकाे छैन । महाधिवेशन प्रतिनिधिसम्बन्धी विवादका कारण बन्दसत्र अझै शुरू हुन नसकेकाे हाे ।

मतदानमा ८० वटा विद्युतीय उपकरणकाे प्रयाेग हुने रास्वपाले जनाएकाे छ । महाधिवेशनमा प्रत्यक्ष सहभागी नभएका प्रवासका प्रतिनिधिका लागि रास्वपाको आफ्नै ‘एप’ बाट मतदान गर्ने व्यवस्था छ ।

१ सभापति र ९९ जना केन्द्रीय सदस्य छान्न मतदान हुने प्रमुख केसीले जानकारी दिनुभयो । कुनै उम्मेदवारका प्रस्तावक र समर्थक उम्मेदवार हुन पाउने छैनन् ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।