चितवनमा गाडी दुर्घटना : ७ जनाको ज्यान गयो, १८ जना घाइते

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

असार ७,काठमाण्डौ – पूर्व–पश्चिम राजमार्गअन्तर्गत चितवनको राप्ती नगरपालिकाको खहरे पुलमा बिहान गाडी दुर्घटना हुँदा सात जनाको ज्यान गएको छ । अरू १८ जना घाइते भएका छन् ।

धनगढीबाट काँकडभिट्टाका लागि छुटेको यात्रुवाहक बस र मकवानपुरबाट नारायणगढका लागि छुटेको माइक्रो बस एक आपसमा ठोक्किएका चितवनका प्रहरी प्रमुख एसपी गोविन्द पुरीले जानकारी दिनुभयो ।

घाइतेको चितवन मेडिकल कलेज, पुरानो मेडकल कलेज र भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ज्यान गुमाउनेमा मकवानपुर हटिया–३ का ५५ वर्षीय सोम प्रसाद रुपाखेती, हेटौंडा–५ की ५३ वर्षीया मैया कुमारी न्यौपाने पहाडी, नामथर खुल्न नसकेकी अन्दाजी १८/१९ र २४/२५ वर्षीया दुई महिला, २२/२३ वर्षीय पुरुष, ३०/३५ वर्षीया गर्भवती  र ३५/४० वर्षीय पुरुष रहेका छन् ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।