नागढुङ्गामा एकतर्फी गाडी सञ्चालन, तनहुँको घाँसीकुवामा पहिरो हटाउन समय लाग्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

भदौ ६,काठमाण्डौ – काठमाण्डौ भित्रिने मुख्य नाका नागढुङ्गामा एकतर्फी रुपमा गाडी चलिरहेका छन् । पहिरोका कारण हिजो झण्डै ६ घण्टापछि एकतर्फी रुपमा गाडी सञ्चालनमा आएको हो । पहिरो ठूलो भएकाले पन्छाउन समय लागेको र दुईतर्फी रुपमा खुलाउने प्रयास भइरहेको ट्राफिक प्रहरीले जनाएको छ ।

काठमाण्डौ जोड्ने अर्को मुख्य सडक खण्ड मुग्लिन–नारायणगढमा भने सामान्य रुपमा गाडी चलिरहेका मुग्लिन प्रहरीले जनाएको छ । पोखरा जोड्ने सडक भने बन्द छ । तनहुँको घाँसीकुवामा हिजोदेखि खसेको पहिराे पन्छाउन नसक्दा राजमार्ग अवरुद्ध भएको हो ।

पोखरा भित्रिने र पोखराबाट बाहिरिने गाडी तनहुँमा रोकिएका छन् । करिब एक सय मिटर माथिबाट खसेको पहिरोले सडक पुरिएकोले खुलाउन समय लाग्ने तनहुँ प्रहरीले जनाएको छ । साना गाडीलाई तालघरे हुँदै पहिरो कटेर घाँसीकुवामा निस्कने वैकल्पिक बाटो भए पनि ठूला गाडी भने चल्न सकेका छैनन् । 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।