काेराेना महामारीका बेला झन्डै २९ करोड रुपैयाँ लगानीमा बनेको 'होल्डिङ सेन्टर' जीर्ण बन्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कैलालीमा झन्डै २९ करोड रुपैयाँ लगानीमा बनेको 'होल्डिङ सेन्टर' जीर्ण बन्दै गएको छ । कोरोना महामारीका बेला सङ्घीय सरकारले भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको होल्डिङ सेन्टर प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको हो ।

दुई वर्ष अगाडि धनगढी उपमहानगरपालिका–३ बडहरामा निर्माण गरिएको होल्डिङ सेन्टर प्रयोगविहीन भएको छ । २०७८ सालको वैशाखमा २८ करोड ८१ लाख रुपैयाँ लागतमा निर्माण शुरू भएको होल्डिङ सेन्टर २०७९ सालको साउनमा सम्पन्न भएको थियो । निर्माण सम्पन्न भएको दुई वर्ष बितिसक्दा पनि स्वामित्व हस्तान्तरण हुन नसक्दा प्रयोगविहीन बनेको कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले बताउनुभयो ।

होल्डिङ सेन्टरको स्वामित्व सङ्घ, प्रदेश वा पालिका कसले लिने भन्ने अहिलेसम्म केही निर्णय भएको छैन । रक्षा मन्त्रालयको पहलमा स्वामित्व कसले लिने र सञ्चालन गर्ने भनेर समिति गठन भए पनि निर्णय भएको छैन  ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।