बागमती प्रदेश सरकारबाट एमाले बाहिरिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ - नेकपा एमाले बागमती प्रदेश सरकारबाट बाहिरिने भएको छ । 

कांग्रेसले सहकार्य तोड्ने निर्णय गरेपछि एमालेको बागमती प्रदेश संसदीय दलले पार्टीको तर्फबाट सरकारमा रहेका मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन दिएको हो । 

त्यस अघि एमाले केन्द्रले प्रदेशलाई मन्त्रीहरूको राजीनामाका लागि निर्देशन दिएको थियो । बागमतीमा कांग्रेसका इन्द्रबहादुर बानियाँ मुख्यमन्त्री हुनुहुन्छ । बागमतीमा एमालेको तर्फबाट ६ जना मन्त्री छन् । 

१४ मन्त्रालयलाई घटाएर ८ वटा कायम गर्दै हिजो मुख्यमन्त्री बानियाँले ६ जना मन्त्रीलाई विना विभागीय बनाउनुभएको थियो । 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।