बागमतीमा मन्त्रालयकाे सङ्ख्या १४ बाट ८ मा झर्‍याे : ६ मन्त्री विनाविभागीय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाै – बागमती प्रदेश सरकारले खर्च कटौतीका लागि मन्त्रालयको सङ्ख्या १४ बाट घटाएर ८ वटामा झारेको छ । मन्त्रालयको सङ्ख्या घटे पनि मन्त्रीको सङ्ख्या भने १४ नै यथावत् छ । त्यसअनुसार ६ जना मन्त्री विनाविभागीय बनेका छन् ।

मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको सिफारिशमा बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आज मन्त्रिपरिषद्को नयाँ कार्यविभाजन स्वीकृत गरेसँगै ८ मन्त्रालयलाई मात्र जिम्मेवारी तोकिएको छ ।

कार्यविभाजनअनुसार किरण थापा मगर, उर्मिला नेपाल, भरतबहादुर केसी, सुरेश श्रेष्ठ, जयराम थापा र बिनु रायमाझी पौडेललाई विनाविभागीय मन्त्री बनाइएको छ । तर मन्त्री पद, सरकारी सुविधा, सुरक्षा, गाडी र झण्डा भने यथावत् कायम छ ।

मन्त्रालय हटाएर पनि मन्त्री नहटाउँदा राज्यले तलब, भत्ता, गाडी, इन्धन, सुरक्षा तथा अन्य सुविधा भने निरन्तर व्यहोर्नुपर्ने अवस्था बनेको छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।